Logo
|| June 12, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिकोमा महिला पत्रकारको हत्या, हत्या गरिएकी उनी छैँठौँ पत्रकार

मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो ।

उनले टाबास्को राज्यका अरु सञ्चारमाध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैँठौँ पत्रकार हुन् ।

पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो । सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ। लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।

हत्याका आरोपीहरुमाथि यहाँ बिरलै सजाय हुने गरेको छ । (एएफपी)

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार १५:३५

प्रतिक्रिया दिनुहोस्