Logo
८ बैशाख २०८१, शनिबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारमा हेलचेक्राइ गर्दा बिरामीको मृत्यु भएको भन्दै बिर्तामोडको कन्काइ अस्पताल तनावग्रस्त

उपचारमा हेलचेक्राइ गर्दा बिरामीको मृत्यु भएको भन्दै झापाको बिर्तामोडस्थित कन्काइ अस्पताल तोडफोड भएको छ । घटनाको विषयमा अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहको छ ।

यही जेठ २२ गते एपेन्टिसाइटिस रोगको उपचारका लागि भर्ना भएकी इलाम सूर्यादय नगरपालिका-९ की बिबिशा तामाङको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

भर्ना गरेको पाँचौ दिन आइतबार बिहान अस्पतालले उपचार गर्न नसक्ने भन्दै विराटनगर रिफर गरेको र त्यसतर्फ लाने क्रममा बाटोमै तामाङको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमुनिका अनुसार अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । तोडफोड रोक्न प्रहरीले लाठी चार्ज र तीन सेल अश्रु ग्यास हानेको छ ।

 

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्