Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरी पीडितलाई सरकारले राहत दिने

सुदुरपश्चिम : हावाहुरी पीडितलाई सरकारले राहत दिने निर्णय गरेको छ । बिहीवारको हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई राहतस्वरूप १ लाख पचास हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए ।

हावाहुरीले घरमा पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपूर्ति २० हजार रूपैयाँ र आंशिक क्षति भएका परिवारलाई दश हजार राहतस्वरूप दिने निर्णय भएको प्रवक्ता शाहको भनाइ छ ।

बिहीवार रातको हावाहुरीका कारण कैलालीमा दुईको ज्यान जानुका साथै झण्डै चारहजार घरमा क्षति पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्