Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै प्रर्दशन

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ ।

नेविसंघले मिडिया काउन्सिलसम्बन्धि विधेयक प्रेस स्वतन्ततालाई हनन् हुनेगरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्दै मंगलबार बिहान काठमाडौंको पुतलीसडकबाट बाघबजारसम्म प्रर्दशन गरेको हो ।

प्रर्दशनीका क्रममा विद्यार्थी नेताहरुले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिष्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्नु परेको बताएका थिए ।

सरकारले मुलुकको सबै क्षेत्रमाथि हस्तक्षेप गर्न लागेकाले त्यसको विरोध गर्नु परेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए ।

उनले सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिए ।

नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्