Logo
४ बैशाख २०८१, मंगलबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार : नेप्सेमा झिनो सुधार, ५ प्रतिशतले बढ्यो शिवमको शेयर मूल्य

काठमाडौं :  धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । पछिल्लो साता केही सुधार देखिएको सेयर बजारमा यो साता भने नगन्य सुधार देखिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर १ हजार ३०२.९६ अङ्कमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ ले वृद्धि भई २७७.६१ अङ्कमा पुगेको छ ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ३ उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । स्टकका अनुसार कूल १७० कम्पनीको १७ लाख १ हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद-बिक्री भएको छ । केही दिनअघि एकै झण्डै डेढ अर्ब रुपियाँसम्मको कारोबार भएको थियो ।

आज समग्र बजारमा शिथिलता देखिए पनि शिवम् सिमेन्टको सेयरमा भने उत्साह कायमै देखिएको छ । शिवमको सबैभन्दा धेरै ७ करोड ३१ लाख रुपियाँको कारोबार भएको पाइएको छ भने सेयर मूल्य ५ प्रतिशतले बढेको छ । आज धेरै नाफा गर्नेमा स्पर्श लघुवित्तका लगानीकर्ताहरु अगाडि छन् । घाटा धेरै खानेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताहरु छन् । समूहगत कारोबारतर्फ म्युचुअल फण्ड समूहको वृद्धि उच्च रह्यो ।

यो समूहको सूचक साढे ४ प्रतिशतभन्दा बढिले बढेको छ भने उत्पादनमूलक समूहको सुचक एक प्रतिशतभन्दा बढिले बढेको छ । अन्य कम्पनीको सेयरमा सामान्य घट्बढ रहेको छ ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्