Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीतपछि BJPले बोलायो बैठक : ‘अबको २५ वर्षसम्म मोदीलाई कसैले चुनौती दिन सक्दैन’

भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई फेरि संसदीय दलको नेता चुन्न बिहीबार साँझ पार्टी बैठक बोलाएको छ। विजय उत्सव मनाउन र शुभेच्छुकहरुलाई सम्बोधनसमेत गर्न पार्टी बैठक बोलाइएको हो।

प्रधानमन्त्रीमा मोदीलाई नै निरन्तरता दिन र गठबन्धनका अन्य दलहरुको अनुमोदन लिन बिजेपीले बिहीबार साँझ साढे पाँच बजे पार्टी बैठक बोलाएको हो। दिल्लीको भाजपा कार्यालयअघि हजारौँ कार्यकर्ताको भिड लागेको छ।

प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह बैठकका लागि पार्टी मुख्यालय पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

उसैबीच देशभरिका ३३९ स्थानमा अग्रता लिइरहेको मोदी नेतृत्वको बिजेपी गठबन्धनले फेरि पाँच वर्षका लागि सत्ताको चाबी पाइसकेको छ।

बिजेपी गठबन्धनले ३३९ स्थानमा अग्रता लिइरहेका बेला शिव सेनाले मोदीको प्रशंसा गरेको हो। उद्धव ठाकरे नेतृत्वको शिव सेनाले यसअघि मोदी नेतृत्वको आलोचना गर्ने गर्थ्यो।

यद्यपि चुनावका बेला शिव सेनाले बिजेपीसँग गठबन्धन बनाएको थियो। आसामका मुख्यमन्त्री सर्वानन्द सोनवलले यसपालिको निर्वाचन ऐतिहासिक भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्