Logo
११ बैशाख २०८१, मंगलबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख मसान्तसम्म महाकाली करिडोरको ट्रयाक खोल्ने काम ७० प्रतिशत पूरा

दार्चुला : कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोरको दार्चुला-बैतडी खण्डमा वैशाख मसान्तसम्म ७० प्रतिशत ट्रयाक खोल्ने काम पूरा भएको छ ।

बैतडीमा मात्रै करिडोरको सतरी प्रतिशत काम भएको दार्चुला तिङ्कर सडक आयोजना कार्यालयका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। बैतडीमा ट्रयाक खोलिनुपर्ने ३९ किलोमिटर सडकमध्ये २७ किलोमिटरमा काम पूरा भएको छ ।

बाँकी १२ किलोमिटरमध्ये ईश्वर खोलामा किनारमा चार किलोमिटर चट्टान रहेको छ । चट्टान रहेको क्षेत्रबाहेक यस वर्ष बाँकी ट्रयाक खोल्ने काम पूरा हुने इन्जिनियर रैखोलाले बताए । बैतडीमा सेनासँग बङ्कर नभएका कारण बिस्फोटक पदार्थ राख्ने ठाउँ नहुँदा यो वर्ष चट्टानी भागमा बिस्फोट गराउन नसकिने अवस्था नरहेको उनले बताए ।

करिडोरको बाराबोटदेखि मटलासम्म गत वर्ष ६ किलोमिर र यो वर्ष ३ किलोमिटर सडकको ट्रयाक खोलिएको हो । जागरी सिल्लेक सडकमा गत वर्ष १० किलोमिटर र यो वर्ष अहिलेसम्म ८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्