Logo
१२ बैशाख २०८१, बुधबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग मन्त्रालयमा तनाव : कांग्रेसनिकटलाई सरुवा गर्ने ठाउँमा नेकपानिकटलाई गरेको आरोप

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको विषयमा तनाव उत्पन्न भएको छ ।

बुधबार मन्त्री मातृका यादवको निजी सिचवालयमा झण्डै हात हालहालको अवस्था आएको मन्त्रालय स्रोतले जनाएको छ । सरुवामा विधि मिचेको भए कारबाही गर्नेसम्मको प्रतिबद्धता मन्त्री यादवले पटकपटक गरेपछि भने अहिले शान्त भएको बताइएको छ  । मन्त्रालय स्रोतका अनुसार कांग्रेसनिकट कर्मचारीले निजी सचिव प्रेम आचार्यसँग विवाद गरेको जनाइएको छ ।

कांग्रेसनिकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ । उनीहरूले कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपानिकट विनोद खड्कालाई पठाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए । त्यसविषयमा मन्त्री यादवले आफ्नो ध्यानाकर्षण भएको र गल्ती भए सच्याउने र गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको युनियनका एक नेताले बताए ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्