Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाई सवारीसाधन किन्ने सोचमा हुनुहुन्छ ? किन्नु अघि थाहापाउनुस् यी १२ तथ्य

काठमाडौं :  भोल्टस्, वाट्स, एमपिएस (mps)जस्ता प्राबिधिक शब्दहरुले तपाईंलाई धेरै अल्मल्याउँछ होला । तपाईंलाई केडब्लुएच (kwh) र केडब्लु (kw) जस्ता ‘जार्गन’ले पनि तनाव दिन्छन् होला ।

तर, केही छैन, इलेक्ट्रिक भेइकलका (ईभी)बारे बुझ्न तपाईंहरुको सजिलो हुने गरि हामी यहाँ त्यस्ता कही आधारभुत शब्द र अवधारणाका बारे चर्चा गर्दैछौं । ईभी अटो क्षेत्रको पछिल्लो क्रान्ति हो, जसले १ सय ३३ बर्ष लामो इतिहास भएको यो क्षेत्रलाई जरैदेखि हल्लाइदिएको छ ।

संसार शुरुमा सोचिए वा अनुमान गरिए जस्तो इलेक्ट्रीक दुनियाँमा तिब्र गतिमा प्रवेश गरिसकेको अवस्था भने होइन । अझै केही कठिनाईहरु छदैंछन् । तर, भिक्टर ह्गोले भने झैं, ‘यदि कुनै पनि सोच वा बिचारको उपयु्क्त समय आइसकेको छ भने त्यसलाई कसै पनि रोक्न सक्दैन ।’ त्यसैले इभीको समय आइसकेको तथ्यलाई नकार्न सकिदैंन ।

हामीले यहाँ ईभीका बारेमा निरन्तर सोधिने प्रश्नहरुका बारेमा चर्चा गर्ने प्रयास गरेका छौं ।

ईभीका आधारभुत पुर्जाहरु के-के हुन् ?

सरसर्ती हेर्दा ईभीको बनोट जटिल देखिदैंन । तिनमा बिजुली स्टोर गर्ने ठाउँ हुन्छ, जुन सामान्यतया ब्याट्री भित्र हुन्छ । र, इलेक्ट्रीक मोटरको रुपमा चक्कासम्म उर्जा प्रवाह गरि गुड्ने बनाउने यन्त्र हुन्छ । गाडीमा बिजुली ग्रिड वा पेट्रोल इन्जिन जस्ता अन्र्तनिहित स्रोतको माध्यमबाट आपुर्ती गरिन्छ ।

ईभीमा कस्ता खाले मोटरका प्रयोग हुन्छन्  ?

अहिले ईभीमा दुई खाले मोटरको प्रयोग भइरहेको छ । डिसी (dc) मोटर चल्तिको छनोट हो, जुन बिशेष गरि दुई पाङग्रे र इलेक्ट्रिक कारहरुमा प्रयोग हुन्छ । यसमा चुम्बकीय क्षेत्रको निर्माण गर्न दुई वा सो भन्दा बढि चुम्बकको प्रयोग हुन्छ । चुम्बकीय क्षेत्रले गाडी गुड्न मद्दत पुयाउँछ ।

निकोला टेस्लाले सन् १८८९ मा आबिष्कार गरेको एसी (ac) इन्डक्सन मोटर ईभीहरुमा प्रयोग हुने अर्को प्रकारको मोटर हो । यो मोटरमा स्थायी चुम्बक हुँदैन तर पनि यसले बिद्युतिय र चुम्बकिय क्षेत्रको निर्माण गर्न उत्प्रेरणा जगाउँछ ।

इन्डक्सन मोटरहरु ब्याट्रीबाट निक्लेको ‘डाइरेक्ट करेन्ट’को माध्यमबाट सञ्चालनमा आउन सक्दैनन् । तिनलाई सञ्चालनमा ल्याउन एसी (ac) वा ‘अल्टरनेटिभ करेन्ट’को आवश्यकता पर्छ । यो समस्याको समाधान इन्भर्टरको प्रयोगबाट सुल्झाउन सकिन्छ । र, यसका धेरै फाइदाहरु पनि छन् । उदाहरणको लागि, गति नियन्त्रण ।

ईभीमा कतिवटा मोटरको प्रयोग हुन्छ ?

यो चाहीँ गाडी पिच्छे फरक हुन्छ । ‘फ्रन्ट ह्वील’ गाडीमा मोटर अगाडि राखिएको हुन्छ भने ‘रियर ह्वील’ गाडीमा पछाडि । अगाडी पछाडि नै मोटर राखिएमा यसले गाडीलाई ‘अल-ह्वील’ ड्राइभ बनाउँछ । केही शक्तिशाली गाडीमा भने मोटर प्रत्येक चक्कामा राखिएका हुन्छन् ।

बिशिष्ट (डेडिकेटेड) ईभी र सामान्य ईभी एकआपसमा कसरी फरक छन् ?

सामान्य गाडीमा इन्जिन, ‘ट्रान्समिसन’ र इन्धन ट्याङकीको लागि ठाउँ हुन्छन् । तर, ईभीमा यस्ता ठाउँहरु छुट्याइएका हुँदैंनन् । तिनमा छोटा र साना ‘बोनेट’ हुन्छन् । पाङ्ग्राका बीचमा फ्ल्याट ब्याट्री प्याकका लागि ठाउँ छुट्याइएका हुन्छन् र इन्धन ट्याङकीको लागि कुनै ठाउँ हुँदैंन । नतिजा स्वरुप, ठाउँहरु खेर जाँदैनन्, थोरै बस्तुहरुको प्रयोग हुन्छ र गाडीको आयु बढ्छ ।

केडब्लु (kw) र केडब्लुएच (kwh) का बिचमा के फरक हुन्छ रु कुन ब्याट्रीका लागि र कुन चार्जरका प्रयोग हुन्छ ?

केडब्लु (kw) भन्ने इकाई शक्तिको मापन हो । ईभीको ब्याट्रीमा आपुर्ती हुने शक्तिको (पावर) मापन यो इकाइ द्धारा गरिन्छ । अर्कोतर्फ केडब्लुएच (kwh) बिद्युतिय उर्जाको मापन हो ।

ब्याट्री बिभिन्न प्रकार र अवस्थामा आउँछन् । ईभीमा कुनको प्रयोग हुन्छ र किन ?

ब्याट्री सेलमा ‘पोजिटिभ इलेक्ट्रोड’, ‘नेगेटिभ इलेक्ट्रोड’ र ‘इलेक्ट्रोलाइट’ समावेश हुन्छन् । हामीलाई थाहा भएकै कुरा हो की सामान्य गाडीमा ‘लिड-एसिड’ ब्याट्रीको प्रयोग हुन्छ र केही हाइब्रिडमा भने ‘निकेल मेटल हाइड्राइड’ ब्याट्रीको प्रयोग हुन्छ । अहिले ईभी उत्पादकहरुले भने ‘लिथियम आयोन’ ब्याट्रीको प्रयोग गर्न थालेका छन् ।

स्मार्ट फोनमा प्रयोग हुने ‘लिथियम आयोन’ ब्याट्री एकाध बर्षमै बिग्रन्छ । के ईभीमा पनि यस्तै हुन्छ ?

हुँदैन । किनभने सबै ‘लिथियम आयोन’ ब्याट्रीहरु उस्तै पाराले बनाइएका हुँदैनन् । त्यसमा प्रयोग हुने धातुले यसमा फरक ल्याउनुका साथै आयुसमेत निर्धारण गर्छ । फोन मानिसले यसै पनि केही बर्षमै फेर्ने हुनाले यसको ब्याट्री केही सघन हुन्छ र आयु छोटो हुन्छ ।

‘लिथियम आयोन’ ब्याट्रीले कत्तिको ‘ड्राइभिङ रेञ्ज’ (माइलेज) दिन्छ ?

माइलेज ब्याट्रीको आकार र रसायन, गाडीको तौल, चालकको चलाउने तरिका आदि कुराले निर्धारण गर्छ । त्यसैले महिन्द्रा इटुओले ११ केडब्लुएच (kwh) को ब्याट्रीबाट १ सय १० किलोमिटर माइलेज दिदैं गर्दा हुन्डाई कोनाले ३९.२ केडब्लुएच (kwh)को ब्याट्रीबाट ३ सय ५० किलोमिटरको माइलेज दिइरहेको छ ।

ईभीमा गियर किन हुँदैन ?

गाडी स्टार्ट गर्ने बित्तिकै यो ‘फुल’ शक्तिका साथ सञ्चालन हुने हुँदा गियर परिर्वतन गरिरहन आवश्यक पर्दैन ।

गाडीको ब्याट्री किन महङ्गो हुन्छ ?

फोनको ब्याट्री तुलनात्मक ढंगले सानो हुन्छ । करिब २ सय ग्राम जतिको । तर, गाडीको ब्याट्री ५ सय किलोग्राम भन्दा गह्रौं हुन्छ । तर, ईभीको प्रयोग बढेसँगै ब्याट्रीको लागत कम हुँदै जानेछ ।

के इभी साँच्चै पर्यावरण मैत्री हुन् ?

यो सत्य हो कि ईभीले शुन्य उत्र्सजन गर्छन् । तर, यिनले आफैं उर्जा उत्पादन नगर्ने हुनाले उर्जाको स्रोत कत्तिको पर्यावरण मैत्री छन् भन्ने महत्वपूर्ण हुन्छ । खुसीको कुरा नेपालमा उत्पादन हुने १०० प्रतिशत बिजुली पर्यावरण मैत्री रहेको छ ।

ईभीहरु कसरी चार्ज गर्ने ?

धेरै इभीकोे ब्याट्री एसी (ac)  र डिसी (dc)को माध्यमबाट चार्ज गर्न सकिन्छ । एसी ९बअ० स्टेशनहरु सामान्यत घरमै हुन्छन् र यहाँ चार्ज गर्न केही बढी समय लाग्छ । डिसी ९मअ० चार्जिङ स्टेशनको माध्यमबाट भने गाडी चाँडै चार्ज हुन्छ ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्