Logo
१३ बैशाख २०८१, बिहीबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिकास थापामगरको “गर्लान है बिदाई” गीत सार्बजनिक (भिडियो सहित)

काठमाडौँ : आफुले माया गरेको मान्छेलाई कसैको नजर लागेर हत्या सम्म पनि गरिदिएर यति बेला वर्षा थिंग तामांग वियोग सहन बाध्य बनिरहेकी छिन् ।

तर यो उनको वास्तविक जिबन संग सम्बन्धित नभै एक गीतको म्युजिक भिडियोमा कैद गरिएको काल्पनिक कथा हो । उक्त गीत बिकास थापा मगरको “गर्लान है बिदाई” बोलको रहेको छ । प्रमोद खरेको स्वरमा सजिएको गीतमा एक पुरुषले आफ्नो मरन पश्चातका समयलाई लिएर आफ्नी प्रेमिकालाई बुझाउने प्रयास गरेको छ ।

“गर्लान् है बिदाई” बोलको गीतलाई विकास थापा मगरको शब्द रचना गरेका हुन्र भने संगीत एच. बि रसाइलीले भरेका छन् । विकासले यस अगी पनि केहि आधुनिक गीतहरु बजारमा ल्याएर अशंख्य दर्शकहरुको मन जितिसकेका छन् भने संगीतकार एच. बि ले पनि थुप्रै गीतहरुमा संगीत भरेर अशंख्य श्रोताहरुको मनको ढुकढुकी बन्न सफल भैसकेका छन् ।

त्यसो त एच.बि ले संगीत भर्नु मात्रा होइन थुप्रै गीतहरुमा संगीत सयोजनको काम पनि गरिसकेका छन् ।वियोगान्त यस गीतको म्युजिक भिडियोमा बिकाश थापा मगर र वर्षा थिंग तामांगको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मिलन बि.क ले गरेका छन् ।

 

 

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्