Logo
४ बैशाख २०८१, मंगलबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरले ६ महिना भित्र उपत्यकाको १५ वटा पेट्रोल पम्प हटाउने तयारीमा

काठमाडौं :  सडकपेटी किनारसँगै जोडिएर रहेका पेट्रोल पम्प काठमाडौं महानगरपालिकाले आगामी ६ महिना भित्र हटाउने भएको छ । महानगरपालिकाले सडकपेटीमा रहेका पेट्रोलपम्पहरु निकै असुरक्षित रहेको भन्दै ६ महिना भित्र पम्प हटाउने योजना बनाएको हो ।

सडक छेउमा रहेका अति जोखिमयुक्त पेट्रोल पम्पलाई थप व्यवस्थीत तथा स्थानान्त्रण गर्ने गरी पम्पहरु हटाउने योजना बनाइएको महानगरले जनाएको छ । मापदण्ड पुगेको खाली स्थान पहिचान गरी आधुनिक पेट्रोल पम्प निर्माण पाइने महानगरले उल्लेख गरेको छ ।

आपूर्ती तथा वाणिज्य मन्त्रालय, नेपाल आयल निगम, सडक विभाग र काठमाडौं महानगरपालिका मिलेर पुराना प्रविधिका पेट्रोलपम्पहरु हटाइने र नयाँ मापदण्ड अनुसार आवश्यक ठाउँमा आधुनिक पेट्रोल पम्प निर्माण गरिने शहरी सुव्यवस्थापन प्रमुख हरिबहादुर कुँवारले बताए । उनका अनुसार हाल सडक छेउछाउ रहेका जोखि युक्त १५ वटा पेट्रोल पम्पमा अनुगमन गरिएको छ । ‘हामीले हटाउनु पर्ने १५ वटा पेट्रोल पम्पको लिस्ट तयार गरेका छौँ, उनीहरुसँग छलफल गरी यसलाई कार्यान्वयनमा ल्याइने छ,’ कुँवरले मेरोअटोसँग भने ।

काठमाडौंमा बि.सं २०१२ सालदेखि पेट्रोल पम्प राख्ने व्यवस्था भएको हो । पेट्रोल पम्प र सडकको दुरी नजिक रहेको र सडकमा घट्ने सानो दुर्घटनाले पनि पेट्रोल पम्पमा ठूलो क्षति हुन सक्ने उनले बताए ।

कतिपय अवस्थामा सवारीमा इन्धन हाल्दा सडकमै राखेर इन्धन भर्नुपर्ने अवस्था भएकाले त्यसले सडक जाम गराउने गरेको उनको भनाई छ । अहिलेको व्यवस्थाले ट्राफिक व्यवस्थालाई समेत असर गरिरहेकाले यस्ता पम्प छिट्टै हटाइने उनले बताए ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्