Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन दुई विद्यार्थी संगठनको माग

काठमाडौं : सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् ।

आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउंदै उनीहरूले सो माग गरेका हुन् ।

आज सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले सो माग गरेका हुन् ।

नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ । संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेको छ ।

शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू ९क्रान्तिकारी० का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्