Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाली जनता नेपाल आउन लालाहित छन : श्रीलंकाली राजदूत

श्रीलंकाली राजदुत स्वर्ण पेरेराले पर्यटनले नेपाल र श्रीलंकालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । बिहीबार महाराजगञ्जस्थित श्रीलंकाली दुतावासमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको टिमबिच भेटघाटका क्रममा राजदूत पेरेराले दुबै देश सुन्दर पर्यटकीय गणतव्य भएकाले एक अर्काको कला, संस्कृति, इतिहास, प्राकृतिक सौन्दर्य लगायतका विषय नजिकबाट बुझन आवश्यक रहेको बताइन् ।

उनले दुबै राष्ट्रबिच प्राचिन कालदेखिनै सास्कृतिक तथा धार्मिक निकटता भएको र सौहार्दपुर्ण मैत्री सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरिन् । “गौतम बुद्ध नेपालमा जन्मेकोले नेपाल हाम्रो लागि एउटा पवित्र भूमि हो, श्रीलंकाली जनता त्यसैले नेपाल आउन लालाहित छन । गत वर्ष मात्र सात हजार श्रीलंकाली पर्यटक नेपाल आएका थिए,” उनले उल्लेख गरिन् ।

भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडाले श्रीलंकाली पर्यटकहरुलाई नेपालका सुन्दर गा्रमिण क्षेत्रहरुको भ्रमण गर्न दुताबास मार्फत आग्रह गर्दै दुबै राष्ट्रका पर्यटन व्यवसाहीहरुबीच भेटघाटको वातावरण सृजना गर्नु पर्नेमा जोड दिऐ ।

भिटोफ नेपालका उपाध्यक्ष द्वय दिपक दाहाल र गोपाल थापा, महासचिव जस्फा पाण्डे, कोषाध्यक्ष राज कुमार धमला, सल्लाहकारहरु रवि जंग पाण्डे, लेखनाथ भण्डारी तथा सद्भावना दूत लक्ष्मी पुन सहित १५ जनाको टोली भेटघाटमा सहभागी भएका थिए ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्