Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिन्छ : अध्यक्ष प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने बताएका छन् । चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिए । अध्यक्षले भने, ‘माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ ।’

अध्यक्ष दाहालले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्नेदेखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, ‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरू पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ । यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहेनत गर्नुपरेको छ।’

स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गर्नेहरूलाई टीका तथा हसिया हतौडा अंकित टोली लगाएर पार्टीमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्