Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्त हत्या प्रकरण : निलम्बित एसपी विष्ट धरौटीमा रिहा

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको हत्या प्रकरणको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतले आइतबार पूर्व प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

यातना दिएको र प्रमाण नष्ट गरेको आरोप यनलाई लागेको थियो । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

विष्ट गएको मंगलबार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको गएको शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।  केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी भने अझैसम्म अदालतमा उपस्थित भएका छैनन् ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्