Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रद्धा कपुर चाँडै नै नेपालकी बुहारी बन्ने

अब छिट्टै नै विवाहित सेलिब्रिटीको सूचीमा श्रद्धा कपुर पनि पर्ने भएकी छिन् । भारतीय मिडियामा आइरहेको खबर विश्वास गर्ने हो भने श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी छिन् ।

नवभारत टाइम्सका अनुसार श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्न सक्छिन् । रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी छिन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।

को हुन् रोहन ?

३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्