Logo
८ बैशाख २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ सय ३९ जना सहसचिव पनि केन्द्रमै रहने, त्यसपछि मात्र खरिदारदेखि उपसचिवसम्मका कर्मचारीको समायोजन

काठमाडौं  : समायोजन अध्यादेश ऎन मार्फत सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५५ जना सचिवलाई समायोजन गरेको छ । सबै सचिवलाई केन्द्रमा नै रहने गरी यथास्थानमा समायोजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीबाट सबै सचिवले समायोजनको पत्र बुझिसकेका छन् । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले सबै सचिवलाई केन्द्रमा समायोजन गर्ने निर्णय गरेको थियो ।

सरकारले हाल रहेका ८९ हजार निजामती कर्मचारीको समायोजन प्रक्रिया थालेको हो । यसअघि स्थानीय तहमा कार्यरत १० हजार कर्मचारी यथास्थानमा समायोजन भइसकेका छन् ।

५५ जनाको समायोजन
प्रदेश तथा स्थानीय तहमा पठाउनुपरेमा सचिवहरूलाई केन्द्रीय सरकारले नै खटाउनेछ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको दरबन्दी छ भने काठमाडौं महानगरपालिकामा पनि सचिवकै दरबन्दी छ ।

हाल सचिवहरू जुन स्थानमा कार्यरत छन् । सोही स्थानमा नै समायोजन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अब सरकारका सहसचिवलाई समायोजन गरिनेछ ।

विभिन्न निकायमा कार्यरत ५ सय ३९ जना सहसचिवलाई पनि केन्द्रमा नै समायोजन गरिनेछ । त्यसपछि मात्रै खरिदारदेखि उपसचिवसम्मका कर्मचारीको समायोजन थालिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्