Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न चर्चा-परिचर्चाबीच लोकसेवा आयोगले खुलायो भर्ना : ठूलो संख्यामा नायव सुब्बा पदमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं : विभिन्न चर्चा-परिचर्चाबीच लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ ।

खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।

यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।  आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो ।

आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षाा क्रमशः बैशाख ७ र ८ गते हुनेछ ।

सूचना हेर्नुहोस् :

विभिन्न चर्चा परिचाबीच लोकसेवा आयोगले खुलायो भर्ना : ठूलो संख्यामा नायव सुब्बा पदमा कर्मचारी माग (सूचनासहित)

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्