Logo
७ बैशाख २०८१, शुक्रबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनयसंगै गायन, नृत्य र मोडलिङपनि जम्दै लक्ष्मी योङहाङ

काठमाडौं : सन् २०१५ मा भएको मिस लिम्बूमा सहभागी जनाएर कलाक्षेत्रमा आएकी लक्ष्मी योङहाङ पछिल्लो समयमा बहुमुखी प्रतिभाको धनी बनेकी छिन् । गायिका, मोडल तथा नायिकाको रुपमा उनको परिचय बन्दै आएको छ ।

पाँचथरको पौवासारतापकी लक्ष्मी स्नातक अध्ययरत गर्दै फेशन, मोडलिङ र म्युजिक भिडियोका साथै प्रदर्शन हुन लागेको लिम्बू संस्कृतिमा आधारित लोकेन साँवाको निर्देशनमा निर्मित ‘के साङ्ला’ चलचित्रमा मुख्य नायिकाको भूमिकामा खेलिसकेको अनुभव छ ।

बाल्यकालदेखि नै कलाकारिताको मोह भएको तर गाउँ घरमा सम्भव नभएकोले राजधानी प्रवेश गरेकी रैछिन् लक्ष्मी । राजधानी प्रवेश गर्ने वित्तिकै मिस लिम्बूमा सहभागी भई ‘युमा कल्चर अवार्ड’ जित्न सफल भएपछि यस क्षेत्रमा केही गर्न सक्ने आँट आएको रे ।

त्यसपछि मिस मंगोलमा पनि सहभागी भएपश्चात कलाकारिताको मोह अझ बढ्न थालेको बताउँछिन् । उनलाई प्रोत्साहन गर्नमा कलाकार निशा पोमुबाट प्रभावित र प्रेरित भएको निर्धक्क बताउँछिन् ।

गायनमा समेत आफ्नो कुशलता देखाउँदै आएकी लक्ष्मीले श्रोताको मनमा बस्ने क्रममा पनि रहेकी छन् । उनले ‘सानै छँदा.’ बोलको गीत गाएकी छन् । जुन गीतको भिडियो समेत निर्माण गरी युट्युव मार्फत सार्वजनिक गरिसकेकी छन् ।

म्युजिक भिडियोमा गायिका स्वयंमले अभिनय गरेकी छन् । आफ्नो उमेर विवाह गर्न योग्य भइनसकेको बताउने लक्ष्मीलाई मन पराउने, विवाह गरौ भनेर प्रस्ताव राख्नेहरु छन् । समय आएपछि ‘मागी या भागी’ जुनसुकै विवाह पनि गर्न सक्ने बताउँछिन् ।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्