Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामकृष्ण ढकालले नेपालीहरुलाई गरे टोपीलाइ माया गर्न आग्रह (भिडियो सहित)

आज १ जनवरी अर्थात अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । आज नेपाल सहित संसार भर रहेका नेपालीहरुले भव्यताका साथ मनाउँदै छ ।नेपाली सांगीतिक छेत्रमा टोपी सम्बन्धी धेरै गीतहरु स्थापित र नेपाली जनजिब्रोमा झुन्डिएको छ।  टोपी दिवसलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ”मै हु ढाका टोपी यो ” गीत सार्वजनिक गरेका छन।

नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको गीतमा अमुल कार्कीढलीको एरेन्जमेन्ट रहेको छ। गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’गीती एल्बममा समाबेश गीत ”मै हु ढाका टोपी यो ” को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन ।

उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

बिर्तामोड नगरपालिका _२ चारपाने, झापा निवासी गीतकार ज्ञानु राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीती एल्बम भन्दा अगाडी राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन । ‘मेरो प्यारो नेपाल’ एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्