Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर २०१८ मा गुगलमा सबैभन्दा बढी खोजिए यी कुरा (भिडियो)

काठमाडौं : गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेर २०१८ मा विश्वभरका मानिसहरुले सबैभन्दा ज्यादा सर्च गरेको वर्डको बारेमा बताएका छन् । #YearInSearch2018 नामबाट २ मिनेट लामो भिडियोमा विश्वभरका मानिसहरुले २०१८ मा ‘गुड’ (राम्रो) चीजको बारेमा खोजी गरेको बताएका छन् ।

यस बर्ष – ‘राम्रो’ नागरिक कसरी बन्ने , ‘राम्रो’ साथी कसरी बन्ने , ‘राम्रो’ गायक कसरी बन्ने, ‘राम्रो’ डान्सर कसरी बन्ने आदि खोजिएको छ । सो भिडियोमा निकै आकर्षक रहेको छ ।

भिडियोको कलेक्सनमा थाई गुफाबाट उद्दार गरिएका फुटबल टिम, सुन्न असक्षम बालकले कानमा प्रविधिको प्रयोगसँगै पहिलो पटक आमाको आवाज सुनेको , स्टीफन हकिंग्स र जर्ज एच डब्ल्यू बुशलाई श्रद्धाञ्जली दिएको र न्यूजील्यण्डका प्रधानमन्त्रीको छोरीको जन्म आदि भिडियो रहेका छन् ।

ट्विटरमा सुन्दर पिचाईले सो भिडियो शेयर गरेपछि ट्विटर प्रयोगकर्ताले धेरै प्रतिक्रिया दिएका छन् । ट्विटरमा सो भिडियो अहिले सम्म १ हजार ३ सय ९७ पटक रिट्विट गरिएको छ भने ७.६ हजार भन्दा ज्यादा लाइक गरिएको छ । त्यस्तै युट्यूबमा सो भिडियो ४३ लाख भन्दा ज्यादा हेरिएको छ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्