Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फाल्गुण अन्तिम साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदै

छिमेकी मूलुक चीनका राष्ट्रपति सी जिनपिङ आगामी फाल्गुण अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार बनेदेखि नै नेपाल-चीनको उच्च निकायले चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने तयारी थालेका थिए । यसअघि धेरै पटक चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने भनिएपनि उनलाई नेपालले स्वागत गर्न पाएको छैन् ।

नेपालका राष्ट्रप्रमुख लगायत नेताहरु चीन भ्रमणमा जाने गरेपनि विभिन्न कारण देखाउदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको थिएन ।  नेपालमा विकासको लहर आएसँगै चिनियाँ कम्पनीले निर्माण सम्बन्धि धमाधम ठेक्का हात पार्न थालेपछि नेपाल(चीन सम्बन्ध थप सुदृढ भएको महशुस चीन सरकारले समेत गरेको छ ।

नेपालले चीनमाथि देखाएको विश्वासको रुप चिनियाँ ठेकेदारलाई नेपालमा काम गर्न सहज भएको दुतावासका एक कर्मचारीको भनाई रहेको छ । अर्को छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पटक–पटक नेपाल आएर चीनलाई भारत नजिकको छिमेकी भएको देखाउन विभिन्न किसिमका गतिविधि गरेपछि चिनियाँ दुतावासले समेत राष्ट्रपति सीको भ्रमण गराउन पहल थालेका हुन् ।

साथै, विश्व अर्थतन्त्रमा बलियो पकड राख्ने चीनले नेपालमा समेत ठूलो मात्रामा व्यापार गर्ने गरेको छ । विभिन्न इलोक्ट्रोनिक सामानदेखि लत्ता कपडासम्म व्यापारमा ठूलो उपलब्धी हात पारेको चीनले नेपालाई असल छिमेकीको रुपमा लिएर मात्रै नपुग्ने भएपछि सीको भ्रमण तय गरिएको चिनियाँ दुतावास स्रोतको दावी छ ।

देशमा दुई तिहाईको बलियो कम्युनिष्ट सरकार बनेको बेला सीको भ्रमण हुन लाग्नु गर्वको विषय हो । प्रधानमन्त्री ओली निकट एक नेताले भने,”सीको भ्रमण गराउन सक्नु नै सरकारको अर्को उपलब्धी हो । आजसम्म बनेका थुप्रै सरकारले तयारी थालेपनि चिनियाँ राष्ट्रपतिलाई औपचारीक भ्रमण गराउन सकेका छैनन् ।” परराष्ट्र मन्त्रालय श्रोतले भने यसको औपचारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्