Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपामा मोर्चावन्दी : रावलले मागे ओलीको राजिनामा, नेता नेपालको चौतर्फी विरोध

काठमाडौं : एशिया प्यासिफिक समिटमा सहिभागि भएपछि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओली विरुद्ध पार्टीमा मोर्चावन्दी सुरु भएको छ । विवादित सस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएसँगै पार्टीभित्र ओलीको विरुद्धमा अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र बामदेव गौतमले मोर्चाबन्दी सुरु गरेका छन् ।

विवादस्पद संस्थाको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीले मुलुकको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको आरोप जनस्तरबाट आईरहेको छ । अर्का नेता भीम रावलले त मिडियामा अन्र्तवार्ता नै दिएर ओलीको राजिनामा नै मागिसकेका छन् । रावलले प्रधानमन्त्रीलाई विवादित बनाउने युनिभर्सल पिस फाउण्डेशनका नेपालका अध्यक्ष एकनाथ ढकाललाई तत्काल कारबाही गर्न माग समेत गरेका छन् ।

कार्यक्रममा सहभागिता जनाउन खासै इच्छुक नभएका प्रधानमन्त्री ओली अर्का नेता माधवकुमार नेपालको जोडवलमा कार्यक्रममा सहभागि भएक हुन । अहिले ओलीले नेता नेपालका कारण आफु बदनाम भएको आफ्ना निकटस्थहरुसंग बताउँदै आएका छन् । पार्टीकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री नेपालको जालमा परेर फसेको भनाई उनको रहेको उनी निकटका एक नेताले बताए । नेपाल समिटको अध्यक्षता गरेका थिए । नेपालको पनि अहिले चौतर्फी विरोध भैरहेको छ ।

तर, उनले अन्र्तवार्तामा समिटको विरुद्धमा लाग्नेहरुलाई सिध्याईदिने चेतावनी दिदै सम्मेलनको आयोजक सस्थाका अध्यक्ष एकनाथ ढकालको खुलेर प्रशंसा गरेका छन् । सम्मेलन अन्तत क्रिचियन धर्म प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको भन्दै सबैबाट विरोध भएको हो । कार्यक्रममा नै कोरियाली धर्मगुरुको अभिव्यक्ति तथा कार्यक्रम भित्र अपनाईएको धार्मिक विधी तथा पद्धतिले धर्म प्रचार गरिएको देखिन्छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्