Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि शुरु हुँदै, १५० स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडौँ : राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ ।

प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य-सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो ।

करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने सदस्य-सचिव शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्