Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरलाइ राजधानी तोपछि धनकुटामा देउवाको पुत्ला जलाइयो

धनकुटा : प्रदेश नं. १ को अस्थायी राजधानी सरकारले विराटनगर तोक्ने निर्णय गरेसँगै धनकुटामा तीब्र विरोध भएको छ । विरोधमा उत्रिएका धनकुटावासीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । सरकारले निर्णय फिर्ता नलिएसम्म अनिश्चितकालीन् आमहडताल जारी रहने प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । सरकारको निर्णय आपत्तिजनक रहेको उनले बताए ।

धनकुटा–७ जिरोप्वाइन्टमा भेला भएका धनकुटावासीले प्रधानमन्त्री शेरवहादुर देउवासहित क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको समेत पुत्ला दहन गरेका हुन् । चाँडै संघर्ष समितिको वैठक वसेर थप दवावमूलक आन्दोलनको कार्यक्रम तय गरिने उनले बताए । बुधबार विहानदेखि बन्दका कारण रोकिएका गाडीलाई गन्तब्यसम्म पठाउन ३ घण्टा बन्द खोलिएको उनले बताए । प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै बुधबार दिउँसो पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरेका थिए ।

आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भए । सुरक्षाकर्मीले आन्दोलनकारीलाई गेटमा रोक्न खोजेपछि सामान्य घम्साघम्सी भएको थियो । टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भएको छ । मुलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालयको परिसर पुगेका आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह विरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्