Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङ पुगेर प्रधानमन्त्री देउवाले भने -‘कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन्’

ताप्लेजुङ : ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान सुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेस भन्नु र लोकतन्त्र भन्नु एउटै भएको दाबी गरे । ‘लोकतन्त्रमा मात्र जनता मालिक हुने, बोल्न-लेख्न पाउने र डरत्रासको शासन हुँदैन’ उनले भने, ‘कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ।’

उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ भन्दै उनले यो लोकतन्त्र, जनता र संघीयता विरुद्ध नै भएको दाबी गरे । एमाले र माओवादीको गठबन्धन प्रजातन्त्र कमजोर गर्ने षड्यन्त्र गरेका भएको उनले बताए । देउवाले भने, ‘ जनतालाई दास बनाउन खोजेका छन् ।

कम्युनिष्ट शासन आयो भने डर त्रासको शासन हुनेछ । बोल्न लेख्न पाइँदैन ।’ पार्टीका उम्मेदवारलाई भोट माग्दै देउवाले कांग्रेस जिते मात्र लोकतन्त्र बलियो हुने दाबी गरे ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्