Logo
५ श्रावण २०८२, आईतबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपत्यारिलो चर्चामा स्तनपानको तस्बिर

बालकलाई दूध खुवाउँदै गरेकी आमाको तस्बिर एक भारतीय म्यागेजिनमा छापिएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केरलाबाट प्रकाशित हुने म्यागेजिनमा भारतीय मोडेल गिलु जोसफ बालकलाई छातीमा लगाएर क्यामेरातिर हेरिरहेको तस्बिर छापिएको हो ।

तस्बिरसँगै ‘आमा केरलालाई भन्न चाहन्छिन्, घुरेर नहेर, म स्तनपान गराउन चाहन्छु ।’ महिलाले स्तनपान गराइरहेको तस्बिरलाई भारतीय म्यागेजिनले पहिलोपटक कभर फोटो बनाएको अनुमान गरिएको छ । तर, तस्बिरमा प्रस्तुत मोडेल आफैँ आमा भने होइनन् ।

यही कुराले असहज स्थिति सिर्जना गरेको र बहस सुरु भएको बताइएको छ । गृहलक्ष्मी म्यागेजिनका सम्पादकले भने, ‘सार्वजनिक स्थानमा स्तनपान गराउनुपर्ने आमाहरूको आवश्यकताप्रति आममानिसलाई जागरुक बनाउनु म्यागेजिनको उद्देश्य हो ।’

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्