Logo
४ श्रावण २०८२, शनिबार
(July 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगर प्रहरीले ह्विल लक गरेपछि न्यूरोडमा व्यवसायीको ‘सटर डाउन’

काठमाडौँ ।  काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका हुन् ।

‘एक छिन पनि ग्राहकलाई उभिन नदिने गरी नगर प्रहरीले ज्यादती गरेपछि हामी व्यवसायीहरू नै मिलेर पसलहरू बन्द गरेका हौँ । पार्किङ नदिँदा समस्या भइरहेको विषय सुनुवाइ नभएपछि शान्तिपूर्ण विरोध गरेका हौँ,’ ताम्राकार हाउसका एक व्यवसायी भन्छन् ।

उनका अनुसार न्यूरोडको पाको क्षेत्र र आसपासका क्षेत्र पसल बन्द गरिएको छ । त्यस क्षेत्रका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भने नो पार्किङमा बाइक राखेपछि केहीबेर विवाद भएको बताउँछन् ।

‘पसल बन्द किन गरे त थाहा भएन तर नगर प्रहरीले नो पार्किङमा बाइक राखेकोलाई लक गरेपछि केही बेर विवाद भएको थियो । यसलाई हामीले सामान्य रूपमा लिएका छौँ,’ भट्टराईले भने ।

प्रकाशित मिति: Jul 3, 2025

प्रतिक्रिया दिनुहोस्