Logo
५ श्रावण २०८२, आईतबार
(July 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।  अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 3, 2025

प्रतिक्रिया दिनुहोस्