Logo
५ श्रावण २०८२, आईतबार
(July 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलिङ पिरियडबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडमा भएको गडबढीबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। समितिका सभापति रामहरि खतिवडाले उक्त समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने,‘षड्यन्त्र पूर्वक दुर्भाग्य भएको देखिएको हुँदा उक्त कार्यमा कोको व्यक्तिको गल्ती र अपराध गरेको हो सत्यतथ्य पत्ता लगाउन उच्च स्तरीय छानबिन समिति गठन गर्न संघीय संसदको सभामुखलाई अनुरोध गर्ने निर्णय भयो।’

प्रतिनिधिसभाबाट आइतबार पारित ऐनमा सांसद र संसद्लाई नै झुक्याएर उच्च प्रशासकका हकमा कुलिङ पिरियड लागू नहुने गरी शब्द थपिएको छ। विशिष्ट र प्रथम श्रेणीका लागि राखिएको व्यवस्थामा ‘बाहेक’ शब्द थपिएपछि उच्च पदस्थहरूलाई फेरि घुमाएर सहुलियत दिइएको छ। जसकारण  भित्री रूपमा गरिएको यो चलखेलले सार्वभौम संसद्को हुर्मत लिएको छ।

 

प्रकाशित मिति: Jul 2, 2025

प्रतिक्रिया दिनुहोस्