Logo
४ श्रावण २०८२, शनिबार
(July 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङमा पहिरोले घर पुरिंदा ४ जना घाइते

१८ असार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिंदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 2, 2025

प्रतिक्रिया दिनुहोस्