Logo
४ श्रावण २०८२, शनिबार
(July 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुमपश्चिममा एक व्यक्तिले गरे श्रीमतीको हत्या

रुकुमपश्चिममा खुकुरी प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

चौरजहारी नगरपालिका–३, टाटागाउँमा  ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका छन् । चन्द्रबहादुरले गएराति खुकुरी प्रहार गरेर देविकाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

चन्द्रबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 2, 2025

प्रतिक्रिया दिनुहोस्