Logo
५ श्रावण २०८२, आईतबार
(June 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न मिल्दैन : सुमना श्रेष्ठ

काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षासँग खेलबाड नगर्न सचेत गराएकी छन् । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल गर्ने क्रममा श्रेष्ठले भोट बैंक बचाउनको लागि शिक्षासँग खेलबाड गर्न नहुने बताएकी हुन्।

शिक्षामन्त्री रघुजी पन्तले आजको समिति बैठक स्थगित गरेर विद्यालय शिक्षा विधेयक पारित गर्ने केही दिन पछि राख्न आग्रह गरेका थिए। मन्त्री पन्तले समय माग गरेपछि आक्रोशित हुँदै श्रेष्ठले भोट बैंक बचाउन शिक्षासँग खेलबाड गर्न नहुने बताएकी हुन्।

‘भोट ब्याङ्क बचाउनको लागि हाम्रो विद्यार्थीहरू, हाम्रा शिक्षकहरू र हाम्रो देशको शिक्षासँग चाहिँ खेलबाड गर्न पाइँदैन सभापतिज्यू। त्यसैले मैले फेरि अनुरोध गरेँ, यो पास गरौँ। विभिन्न चरणमा अग्रीमेन्ट भएको कुरा पास गरौँ,’ उनले भनिन्, ‘के–के कुरा चेन्ज गर्नुछ, अपर हाउसमा पनि बाँकी छ, फुल समितिमा जे–जे चेन्ज गर्नु छ, गर्नुहोस्। तपाईँहरूको सङ्ख्या पुग्छ, गर्नुहोस्।’

इन्ट्रेस्ट ग्रुपहरूले कानुन बनाउने नभई सांसदहरूले कानुन बनाउने बताइन् । सांसदहरूको जिम्मेवारी विधेयक पास गर्ने रहेको बताउँदै उनले यसलाई रोक्न नहुने बताएकी हुन्।

प्रकाशित मिति: Jun 30, 2025

प्रतिक्रिया दिनुहोस्