Logo
५ श्रावण २०८२, आईतबार
(June 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त स्थान छाड्न इजरायलले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको कुरा गरिरहेको समयमा इजरायलले उत्तरी गाजामा रहेकालाई सो स्थान छाड्न भनेको छ ।

गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई दक्षिणमा जान भनिएको छ । आइतबार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो स्थानमा कम्तीमा ८१ जनाको ज्यान गएको छ ।

शनिबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु हमाससँग युद्ध विराम गर्न गइरहेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । आइतबार इजरायली डिफेन्स फोर्स (एडिएफ)का प्रवक्ता आभिचाय आद्रीले आतङ्ककारी र आतङ्ककारी संरचनालाई नास गर्ने भन्दै गाजामा आक्रमण गर्ने बताए ।

आइतबार बिहानदेखि सो स्थानमा अन्य दिनको भन्दा बढी आक्रमण भएको थियो । आइतबार बिहान नै दक्षिणी गाजामा युनिस खानमा पालमा बसेकामाथि भएको आक्रमणमा पाँच जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: Jun 30, 2025

प्रतिक्रिया दिनुहोस्