धितो जग्गा मिलेमतोमा लिलाम गरेपछि वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी (भिडियो)
मधेश प्रदेश स्थित लक्ष्मीपुरपतारी गापा ६ सिराहामा रहेको एक लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
एकजना ॠणिको धितो बापत राखिएका जग्गा लिलाम गरेपछि त्यसविरुद्ध तालबन्दी गरिएको लघुवित्त संस्था विरुद्धको संघर्ष समितीका मधेश प्रदेश अध्यक्ष अर्जुन बिश्वकर्माले बताए ।
उक्त लघुवित्त संस्थाले धितो बापत राखिएको जग्गालाई नियतबस र अवैध ढङ्गबाट प्रक्रिया पुर्याई लिलाम गरेको विश्वकर्माको आरोप रहेको छ ।
लक्ष्मीपुरपतारी गा.पा.२ की रामपरी देवीले धितोवापत राखेकी (क्षेत्रफल ०-१२-३) जग्गालाई लिलाम गरेपछि उक्त संघर्ष समितीको अगुवाईमा पिडित समेतले तालाबन्दी गर्दै कार्यालयमा धर्ना बसेका छन् ।
मेरो माइक्रोफाइनान्सका एक कर्मचारीले भने ॠणको सावाँ ब्याज लामो समयदेखि नतिरोएकाले नियम अनुसार लिलाम गरिएको बताए ।।
हेर्नुस् भिडियो :