Logo
५ श्रावण २०८२, आईतबार
(June 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्सी खाने निजामती कर्मचारीको तलब काट्ने प्रस्ताव संसदमा

प्रतिनिधि सभाका सदस्य  तथा नेपाल मजदुर किसान पाटृिका नेता प्रेम सुवालले मदिरा खाने कर्मचारीको तलव काट्ने गरी कानुन बनाउन प्रस्ताव गरेका छन् ।

संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा बोल्दै सांसद सुवालले ऐनमै मदिरा सेवन गर्ने कर्मचारीको पािरश्रमिक र सुविधा कटौती गर्दै जाने व्यवस्था राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले स्थानीय तहमा देखिएको कर्मचारी समस्या टार्न स्थानीय तहले स्थानीय राजश्वको ४० प्रतिशतले पुग्ने गरी कर्मचारी राख्न पाउने व्यवस्था गर्नुपर्ने ऐनमा व्यवथा गर्नुपर्ने बताए ।

निले विधेयकमै कर्मचारी सरुवा बढुवा र भर्नामा मन्त्रालयमा पैसा खान तत्काल रोक्ने भनेर लेख्नुपर्छ भनेर जिकिर पनि गरेका छन् ।

उनले निजामती कर्मचारीले अवकासको २ वर्षभित्र अनुभव लेखेर दिनुपर्ने, कर्मचारीले पाउने आवास कर्जाले आफ्जै जिल्लामा मात्र घर बनाउन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । निजामती सेवा विधेयक आजै पारित गर्ने तयारी छ ।

प्रकाशित मिति: Jun 29, 2025

प्रतिक्रिया दिनुहोस्