Logo
५ श्रावण २०८२, आईतबार
(June 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव

१५ असार, काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।

पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् ।

पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए ।

‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।

प्रकाशित मिति: Jun 29, 2025

प्रतिक्रिया दिनुहोस्