भ्रष्टाचार मुद्दा लागेका मोहन बस्नेत विशेष अदालतमा उपस्थित्
काठमाडौं, १५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित् भएका छन् । अख्तियारले बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । बस्नेत आँफैले अदालतमा उपस्थित् हुने निवेदन दिएका थिए ।
बस्नेतविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणको टेरामस्क प्रविधि खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा परेको हो । बस्नेतको बयान विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास (२) मा जारी छ । उनको बयान सकिएपछि आजै थुनछेक बहस हुने भनिएको छ