आज सदनमा शिक्षा विधेयक पेस नभए आन्दोलन थाल्ने शिक्षक महासंघको चेतावनी
काठमाडाैं : नेपाल शिक्षक महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले जसरी भए पनि आजै समितिले सदनमा शिक्षा विधेयक पेस गर्नुपर्ने माग गरेकी छिन। यदि पेस नभए बैठक बसी थप आन्दोलन घोषणा गर्ने उनको चेतावनी छ।
उनले भनिन्,‘वैशाख १७ गते सरकारबीच ९ बुँदे सहमति भएको हो,जसमा असार १५ भित्रै शिक्षा विधेयक पारित गर्नुपर्ने छ,तर सरकारले पारित गर्न सकेन,पारित गर्न नसके पनि सदनमा चाही आज पेस हुनैपर्छ,यदि आज पेस भएमा सदनबाट १६,१७ गते पारित हुन्छ।’
उनका अनुसार महासंघले आज बिहान शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री र शिक्षा सभापति अम्मरबहादुर थापालाई भेटेर यसबारे ध्यानाकर्षण गराएर फर्किएका छन्।