Logo
४ श्रावण २०८२, शनिबार
(June 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँचीमा दाजुले बन्चरो प्रहार गर्दा भाइको मृत्यु

अर्घाखाँचीमा आपसका विवाद हुँदा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन्। शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भाइलाई बन्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: Jun 27, 2025

प्रतिक्रिया दिनुहोस्