Logo
४ श्रावण २०८२, शनिबार
(June 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस र एमालेबिच बेलाबखत असमझदारी भइरहन्छ : कांग्रेस सभापति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताए ।

उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो,’ देउवाले भने, ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’

सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको र बेलाबेला देखिँदै आएको बताए ।

सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ फरक दल भएकाले देखिने गरेको बताए । फर दलबिच सत्ता सहकार्य गरेको समयमा धारणा फरक–फरक देखिनुलाई अनौठो मान्न नहुने देउवाको भनाइ थियो ।

सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था कांग्रेसको आग्रहमा सहज रूपमा हटाएको देउवाले बताए ।

प्रकाशित मिति: Jun 27, 2025

प्रतिक्रिया दिनुहोस्