नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा ३२ वर्षीया कमला बलामी रहेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
बेपत्ता बलामीको खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ। साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको छ।