Logo
५ श्रावण २०८२, आईतबार
(June 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई

१२ असार, काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।

फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।

पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् ।

शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

प्रकाशित मिति: Jun 26, 2025

प्रतिक्रिया दिनुहोस्