Logo
५ श्रावण २०८२, आईतबार
(June 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु

१२ असार, जनकपुरधाम । सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका -८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो ।

उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगत‌ै स्थानीयले टिपरमा आगजनी गरि जलाएका छन् ।

घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: Jun 26, 2025

प्रतिक्रिया दिनुहोस्