Logo
४ श्रावण २०८२, शनिबार
(June 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका दुई जना महासेनानीहरूको पदावधि थप गर्ने, एक जना सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुई जना उपरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रियस्तरकाे भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरि २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिएको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्ने र तथ्याङ्क प्रणाली विकासका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीति स्वीकृत गरिएको मन्त्री गुरुङले बताए ।

असार ९ गते बसेको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सह–सचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ गठन गर्ने निर्णय गरेको समेत गरेको छ ।

1

2

प्रकाशित मिति: Jun 25, 2025

प्रतिक्रिया दिनुहोस्