Logo
५ श्रावण २०८२, आईतबार
(June 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

११ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।

ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।

उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए ।

राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 25, 2025

प्रतिक्रिया दिनुहोस्