Logo
५ श्रावण २०८२, आईतबार
(June 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नागरिकता विधेयक असार १४ गते संसद्‌बाट पारित हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताए । सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार रहेको बताए । समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुङ्गोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताए ।

सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति: Jun 25, 2025

प्रतिक्रिया दिनुहोस्