संसद्मा प्रधानमन्त्री ओलीको दाबी : विकास हुँदैछ, विकासमा भेदभाव हुँदैन
काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशव्यापी रुपमा अहिले विकास भैरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘विकास हुँदैछ । कृषिको उद्योगको सबैको विकास हुँदैछ । विकास हुनेछ ।’ बिना भेदभाव र बिना पक्षपात देशको विकास हुने उनको भनाई छ । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला पुल समयमै निर्माण सम्पन्न हुने पनि उनको दाबी छ । शिक्षासम्बन्धी सबै समस्या समाधान गरिनेपनि उनले विश्वास दिलाए । उनले शिक्षा विद्येयक, निजामती विद्येयक तुरुन्तै आउने र पास हुने विश्वास दिलाए ।