एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालको सानदार जीत
मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो।
जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।
मंगलबार बिहान भएको खेलमा नेपालकमा लागि प्रसिद्ध जैसी ३३ र शिवांश बजगाईं ३८ रनमा अविजित रहे। प्रसिद्धले ३७ बलमा ३ चौका प्रहार गरे। शिवांशले ४२ बलमा ७ चौका हाने। अर्का ओपनर जय थापा १ रनमा क्याच आउट भए।
दोस्रो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र विकेट किपर शिवांश बजगाईंले ६९ बलमा ७६ रनको अविजित साझेदारी गरेका थिए।