Logo
५ श्रावण २०८२, आईतबार
(June 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव बैरागीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं, १० असार । भिजिट भिसा प्रकरणमा छानबिनको लागि सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति बनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र सत्तापक्षबीच भएको सहमतिबमोजिम छानबिन समिति बनाईएको हो ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो । जसमा सम्बन्धित मन्त्रालयका सहसचिव राखिने भएको छ । तर, बैरागीको नेतृत्वमा गठन हुने छानबिन समितिले उचित र निश्पक्ष रिपोर्ट बाहिर ल्याउन नसक्ने भनेर अहिलेदेखि नै आलोचना सुरु भएको छ ।

बैरागी पछिल्लोपटक राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा थिए । पछि उनको नाम राजदूतमा सिफारिश भएको थियो । रास्वपाले भने आधिकारिक प्रतिक्रिया जनाएको छैन् । यस प्रकरणमा रास्वपाले उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समितिको माग गरेको थियो ।

अहिले सरकारले बनाएको समितिको विषयमा रास्वपाले दलको बैठक राखेर धारणा सार्वजनिक गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले भने–‘भिजिट भिषामार्फत मानव तस्करीजस्तो संगठित अपराधबारे उठेको मुद्दासँगसम्बन्धी सरकारले बनाएको समितिबारे पार्टीको धारणा बनाउनको लागि हामी सांसदहरु आन्तरिक छलफलमा छौं । दलको तर्फबाट धारणा सदनको बैठकमै दिने छौं ।’

प्रकाशित मिति: Jun 24, 2025

प्रतिक्रिया दिनुहोस्